आइतबार, चैत १, २०८२

वर्ल्ड टेनिस टुरमा अभिलाषाको विजयी सुरुआत

नेपालकी अभिलाषा विष्टले आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत दोस्रो सर्किटको सिंगल्समा विजयी सुरुआत गरेकी छन्।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं- नेपालकी अभिलाषा विष्टले आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत दोस्रो सर्किटको सिंगल्समा विजयी सुरुआत गरेकी छन्।

National life

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले सोमबार भारतकी सिद्धी खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन्।

अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसँग मिलेर स्वर्ण जितेकी थिइन्।

पुरुष सिंगल्समा नेपालका निसान श्रेष्ठ, निहाल जंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीसँग पराजय भोगे।

महिला सिंगल्समा नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ–आफ्नो खेल गुमाए।

Laxmi sunrise bank
kumari

यु–१८ उमेर समूहको प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन्।

प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिताका निर्देशक अजय विष्टले जनाएका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: Feb 08, 2021| 14:50 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।