शनिबार, असार २७, २०८३

तेक्वान्दोको एसियन छनोट खेल स्थगित

यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं- यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ।

आगामी मार्च २६ देखि २८ सम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ।

संघका अनुसार एसियाली छनोटका खेल आगामी मे १४ देखि १६सम्म जोर्डनको अम्मानमै हुने गरी स्थगित गरिएको छ।

सन् २०२० मा तय भएको ओलम्पिक खेलकुद कोरोना भाइरसको महामारीका कारण सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ। ओलम्पिक खेल सकिएको एक महिनापछि जापानमै पारा ओलम्पिक हुनेछ।

प्रकाशित: Feb 08, 2021| 14:20 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।