काठमाडौं - मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ।
आज काठमाडौंमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यावसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।
मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालका अनुसार राष्ट्रिय भेलामा देशभरबाट २५० अगुवा प्रतिनिधि सहभागी हुनेछन्।
मिडिया नेपालको देशव्यपी सञ्जाल बनाउने अभियानका क्रममा राष्ट्रिय भेला आयोजना गर्न लागिएको उनको भनाइ छ।
सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्यसमितिको बैठक गर्ने र सो बैठकले राष्ट्रिय भेलाको स्थान तय गर्ने निर्णय गरेको छ।