सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको खोपले काम गर्न थाल्यो, ढुक्क भएर लगाउन चिकित्सकको आग्रह

कोरोनाको खोपले काम गर्न थाल्यो, ढुक्क भएर लगाउन चिकित्सकको आग्रह

पहिलो चरणको सुरुमै खोप लगाएका स्वास्थ्यकर्मीमा खोपको असर देखिन थालेको छ। सरकारले खोप अभियान सुरु गरेको पहिलो दिन नै खोप लगाएका शुक्रराज अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाका अनुसार चिकित्सकहरुको शरीरमा आइजीएम (इम्युनोग्लोविन एम) उत्पन्न भएको छ। 
 |  सोमबार, माघ २६, २०७७
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, माघ २६, २०७७

vianetvianet

काठमाडौं- सरकारले माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइरहेको छ। भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइएको छ।

triton college

पहिलो चरणमा १ लाख ८४ हजार ८५७ जनाले यो खोप लगाएका छन्। पहिलो चरणको सुरुमै खोप लगाएका स्वास्थ्यकर्मीमा खोपको असर देखिन थालेको छ। सरकारले खोप अभियान सुरु गरेको पहिलो दिन नै खोप लगाएका शुक्रराज अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाका अनुसार चिकित्सकहरुको शरीरमा आइजीएम (इम्युनोग्लोविन एम) उत्पन्न भएको छ। 

डा. बास्तोलाका अनुसार शरीरमा आइजीएम उत्पन्न भए/नभएको पुष्टि गर्न खोप लगाएको १३ औं दिनमा आरडीटी परीक्षण गर्दा शरीरमा आइजीएम पोजेटिभ देखिएको छ। डा. बास्तोला भन्छन्, ‘मेरो शरीरमा आइजिएम एन्टिबडी बलियो हिसाबले पोजेटिभ आयो। दोस्रो खोप लगाइसकेपछि ‘आइजीजी’ पनि बलियो हुने पक्का छ।’

आइजीएम रोग प्रतिरोधात्मक क्षमता बन्ने पहिलो स्टेप हो। आइजीएम बनिसकेपछि आइजीजी (इम्युनोग्लोबिन जी) बन्छ र आइजीजी बनिसकेपछि शरीरमा लामो समयसम्म रोग प्रतिरोधात्मक क्षमता बन्छ। खोप लगाइसकेपछि लामो समयसम्म सुरक्षित छौँ या छैनौँ भन्ने कुराको निर्धारण शरीरमा बन्ने आइजीजीले गर्छ। डा. बास्तोला भन्छन्, ‘मेरो शरीरमा आरडीटी गरेर हेर्दा पोजेटिभ एन्टिबडी देखियो। यो भनेको मेरो शरीरमा रोग प्रतिरोधी शक्ति पक्का बन्नेछ भन्ने बुझिन्छ।’ बास्तोलाका अुनसार आइजीजी बनिसकेपछि कोरोना मात्र नभएर अन्य केही भेरिएन्टसँग जोगिने पक्का हुन्छ।

डा. बास्तोला भन्छन्, ‘म पहिला संक्रमित थिएँ भने आइजीजीको प्रतिक्रिया चाँडै आउँथ्यो, तर अहिले आइजीएम देखिएको छ। यसको अर्थ मलाई अहिलेसम्म कोरोना संक्रमण भएको थिएन भन्ने हो। आइजीएम प्रतिक्रिया हुनु भनेको पहिला संक्रमण थिएन भन्नु हो।’

National life insurance

जनस्वास्थ्यविज्ञ डा. समीरमणि दिक्षितका अनुसार आइजीएम सामान्यतया संक्रमण भएको सात दिनभित्रमा देखिन्छ भने आइजीजी, संक्रमण भएको १० दिनपछि २१ दिनसम्म देखिन्छ। 'शरीरमा आइजीएम उत्पन्न हुनु भनेको शरीरले प्रतिरक्षा प्रणालीलाई क्रियाशिल राखेको बुझ्नुपर्छ। अगाडि संक्रमण नभएको मानिसलाई खोप लगाइसकेपछि आइजीएम देखिन्छ साथै संक्रमण हुँदाको समयमा पनि आइजीएम देखिन्छ। शरीरमा आइजीएम कम हुँदै गएपछि आइजीजी उत्पन्न हुन थाल्छ। तर दोस्रो खोप लगाइसकेपछि बलियोसँग आइजीजी शरीरमा उत्पन्न हुन्छ जुन लामो समयसम्म रहन्छ’, डा. दिक्षितले भने। 

संक्रमण भइसकेको मानिसलाई खोप लगाउँदा आइजीएमभन्दा बढी आइजीजी उत्पन्न हुन्छ, किनकी आइजीएम संक्रमण हुँदा नै उत्पन्न भएको हुन्छ। तर संक्रमण नभएको मानिसमा सुरुमा आइजीएम नै उत्पन्न हुने दिक्षित बताउँछन्।

पहिलो चरणमा सरकारले १ लाख ८४ हजार मानिसलाई मात्रै खोप लगायो। विज्ञहरुका अनुसार अझै पनि मानिस खोप लगाउन डराइरहेका छन्। स्वास्थ्य मन्त्रालयले पनि यो खोप सुरक्षित भएकाले नडराई लगाउन आग्रह गरेको छ। खोप लगाउँदा कसैलाई पनि बेफाइदा नभएकाले उत्साहित भएर लगाउन डा. बास्तोलाको आग्रह छ।

‘हामीले लगाइरहेको कोरोनाविरुद्धको खोप एकदमै सुरक्षित छ’, डा. बास्तोलले भने, ‘फ्रन्टलाईनरहरु पनि खोप लगाउन डराइरहेका छन्, खोपले काम गर्ला कि नगर्ला भन्ने शंका उब्जिएको छ, तर खोपको यसको विश्वसनियतामा शंका गर्नुपर्ने ठाउँ नै छैन।’ 

सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेपनि खोपको डर र शंकाको कारण खोप लगाउनेको संख्या पनि कम भएको विज्ञहरु बताउँछन् 

डा. दिक्षित पनि यो खोप नेपालको लागि सकारात्मक देखिएकाले ढुक्कसँग लगाउन आग्रह गर्छन्। खोपबारे रहेका भ्रमहरुबाट टाढा रहन चिकित्सकहरुले आग्रह गरेका छन्।

प्रकाशित: Feb 08, 2021| 13:10 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।