शुक्रबार, भदौ १९, २०८३

विराटनगरबाट १० लाखको प्रतिबन्धित औषधि बरामद

विराटनगर– विराटनगर–१० बाट प्रहरीले १० लाख बढीको प्रतिबन्धित औषधि बरामद गरेको छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

विराटनगर– विराटनगर–१० बाट प्रहरीले १० लाख बढीको प्रतिबन्धित औषधि बरामद गरेको छ। 

मोरङ प्रहरीबाट खटिएको टोलीले विशेष सुराकका आधारमा आइतबार साँझ स्थानीय रामप्रसाद साहको घरबाट सो औषधि बरामद गरेको सोमबार सार्वजनिक गरिएको हो। 

साहको घरमा डेरा गरी बस्ने विकास मण्डल र उनका भाइ विक्रम मण्डलको कोठा खानतलासी गर्दा ७९ ब्राण्डका प्रतिबन्धित औषधि बरामद भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए। 

उनका अनुसार बरामद औषधिहरुमा आइएनजे एमिडोन, आइएनजे पारासिटामोल, आइएनजे डेजरिमलगायतका ७९ ब्राण्डका छन्। बरामद औषधिको मूल्य १० लाख ३ हजारबराबरको हुने प्रहरीको दाबी छ।

प्रहरीले सोही कोठाबाट औषधिमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने कलर प्रिन्टर पनि बरामद गरेको छ। बरामद गरिएको औषधि र पक्राउ विक्रम मण्डललाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 08, 2021| 12:02 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।