शनिबार, असार २७, २०८३

रविचन्द्र चम्किँदा सस्तैमा समेटियो इंग्ल्यान्ड

इन्डियन खेलाडी रविचन्द्र अश्विनको सानदार प्रदर्शनमा पाहुना टिम इंग्ल्यान्ड सस्तैमा समेटिएको छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– इन्डियन खेलाडी रविचन्द्र अश्विनको सानदार प्रदर्शनमा पाहुना टिम इंग्ल्यान्ड सस्तैमा समेटिएको छ। 

चेन्नईको चिदम्बरम् रंगशालामा जारी आईसीसी च्याम्पियनसिप अन्तर्गत दुईपक्षीय टेस्ट शृंखलाको पहिलो खेलको दोस्रो पारीमा इंग्ल्यान्ड १७८ रनमै अल आउट भएको हो।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न इन्डियाका अश्विनले १७ ओभर तीन बल खेल्दै ६१ रन खर्चिएर ६ विकेट गिराए। त्यस्तै, शहबाज नदिमले दुई विकेट गिराउँदा इशान्त शर्मा र जसप्रित बुमराहले एक विकेट लिए।

ब्याटिङमा रहेको इंग्ल्यान्डका कप्तान जोय रुटले ४० रन बनाए भने ओले पोपले २८ रन जोडे। त्यस्तै जस बटलरले २४ र डोम बेसले २५ रनको योगदान दिए।

यससँगै पहिलो खेलको अन्तिम पारीमा इन्डियाले ४२० रनका लक्ष्य पाएको छ। लक्ष्य प्राप्तिका लागि ब्याटिङमा आएको इन्डियाका रोहित शर्मा र शुभमन गिलले ब्याटिङ सुरु गरेका छन्। फेब्रुअरी पाँचबाट सुरु भएको टेस्ट भोलि(मंगलबार) सकिनेछ।
 

प्रकाशित: Feb 08, 2021| 11:08 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।