शनिबार, असार २७, २०८३

महिला लिग : एपीएफको सानदार जितमा सावित्राको आठ गोल

राष्ट्रिय महिला लिग अन्तर्गत आज (सोमबार) सम्पन्न आठौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सानदार जित निकालेको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज (सोमबार) सम्पन्न आठौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सानदार जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चौदण्डीगढी नगरपालिकाविरुद्ध १४–० गोलको जित निकालेको हो।

सानदार जितका लागि एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले डबल ह्याट्रिकसहित आठ गोल गरिन्। चौथो मिनेटको गोलसँगै एपीएफलाई अग्रता दिलाएकी सावित्राले १८ औं र ३६ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन्।

यसबीच अनिता केसीले २४ औं र ३९ औं मिनेटमा गोल गर्दै एपीएफको अग्रतालाई पाँच गोलमा पुर्याइन्। त्यस्तै, ४३ औं मिनेटमा सावित्राले र इन्ज्युरी समयमा कप्तान अनिता बस्नेतले गोल गर्दा एपीएफले पहिलो हाफमा ७–० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि एपीएफले समान सात गोल थप्यो। सावित्राले ५३ औं र ५६ औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्।

कप्तान बस्नेतले ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। ६६ औं मिनेटमा मैदान प्रवेश गरकी अनु लामाले ७६ औं मिनेटमा गोल गरिन् भने रविना गोलेले ७९ औं मिनेटमा गोल गरिन्।

त्यस्तै, ७२ औं र ८७ औं मिनेटमा गोल गर्दै फरवार्ड सावित्राले एपीएफको जितलाई १४–० गोल अन्तरमा पुर्याइन्। 

आजको जितसँगै एपीएफले सात खेलबाट २१ अंक जोडेको छ। त्यस्तै, आठ खेलमा सहभागी बनेको चौदण्डी सबै खेलमा जितविहीन छ। आजको जितसँगै एपीएफ क्लब उपाधि नजिक पुगेको छ।

दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १६ अंक छ।
 

प्रकाशित: Feb 08, 2021| 10:33 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।