शनिबार, असार २७, २०८३

अष्ट्रेलियन ओपनमा सेरेना र ओसाकाको सानदार सुरुवात

अष्ट्रेलियन ओपनमा पहिलो जित निकाल्दै भेटरान खेलाडी सेरेना विलियम्सले २४ औं उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेकी छन्।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं- अष्ट्रेलियन ओपनमा पहिलो जित निकाल्दै भेटरान खेलाडी सेरेना विलियम्सले २४ औं उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेकी छन्।

आज (सोमाबार) अष्ट्रेलियामा सम्पन्न खेलमा लाउरा सिइगेमन्डलाई ५६ मिनेटमै हराउँदै उपाधिको बलियो दाबेदारी प्रस्तुन गरेकी हुन्।
यदि उनले यो उपाधि जित्नसके २४ पटक ग्राण्डस्लम विजेताको मार्गरेट पोर्टको रेकर्डसँग बराबरी हुनेछ।

उनले रोड लावर एरिनामा सम्पन्न खेलमा ६-१ र ६-१ को साझो सेटमा सिइगेमन्डलाई पराजित गरेकी हुन्। खेल हेर्न प्यारापिटमा दर्शकको समेत सामान्य उपस्थिति थियो।

त्यस्तै, यूएस ओपन च्याम्पियन नाओमी ओसाकाले पनि सुखद सुरुवात गरेकी छन्। उनले रसियन खेलाडी अनास्तासिया पव्ल्युचेन्कोवालाई ६-१ र ६-२ ले हराएकी थिइन्।

तर पूर्व विजेतासमेत रहिसकेकी एन्जेलिक केरबर भने पराजित हुँदै बाहिरिएकी छन्। उनले सिमोना हालेपसँग ६–२ र ६–१ को सोझो सेटमा पराजित भएकी हुन्।

अष्ट्रेलियन ओपन खेल्ने सबै खेलाडीले त्यहाँको आयोजक र अष्ट्रेलियन सरकारको नियमअनुसार १५ दिन क्वारेन्टिन बसेर खेलमा सहभागी बनेका हुन्।

यसकारण २३ पटककी विजेता विलियम्स र नाओमी ओसाका वार्मअप म्याचमा सहभागी बनेका थिएनन्।

प्रकाशित: Feb 08, 2021| 10:06 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।