शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका ७ वटा जिल्ला कोरोनामुक्त, ३ जिल्लामा २५ सक्रिय संक्रमित

कर्णालीका ७ वटा जिल्ला कोरोनामुक्त, ३ जिल्लामा २५ सक्रिय संक्रमित

कर्णाली प्रदेशका ७ वटा जिल्ला कोरोनाका सक्रिय संक्रमितविहीन भएका छन्।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

सुर्खेत- कर्णाली प्रदेशका ७ वटा जिल्ला कोरोनाका सक्रिय संक्रमितविहीन भएका छन्।

कुनै समय अत्यधिक तीव्र रुपमा कोरोना फैलिएको दैलेख, सल्यानलगायतका जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या शून्य रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ। हाल दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, हुम्ला र मुगुमा एकजना पनि सक्रिय संक्रमित छैनन्। 

सुर्खेत, जुम्ला र डोल्पा तीन जिल्लामा जम्मा २५ जना सक्रिय संक्रमित छन्। जसमध्ये सुर्खेतमा २१, जुम्लामा ३ र डोल्पामा एक सक्रिय संक्रमित छन्।

प्रदेशमा हालसम्म ७ हजार ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये  सुर्खेतमा ३ हजार २४२, दैलेखमा १ हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिममा २५७, जुम्लामा ४१५, कालिकोटमा ३३१, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पामा ४४ जनामा कोरोना पुष्टि भएको छ। यीमध्ये अन्य प्रदेशका ५९६ र भारतका ५ जना छन्।

मन्त्रालयका अनुसार यो प्रदेशमा हालसम्म ९७ हजार २१० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ।

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा हालसम्म ३१ जनाको मृत्यु भएको छ। जसमध्ये सुर्खेतका १७, दैलेखका ७, सल्यानका १, रुकुम पश्चिमका १, कालिकोटका १, डोल्पाका १, अन्य प्रदेशका (बाँकेका २ र स्याङ्जाका १ जना) ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये २२ पुरुष र ९ जना महिला छन्।

प्रकाशित: Feb 08, 2021| 09:30 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।