शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'ओली बा समूह' नामको पार्टी खोल्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

'ओली बा समूह' नामको पार्टी खोल्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई छलफल नै मन नपर्ने बताएका छन्। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई छलफल नै मन नपर्ने बताएका छन्। 

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम केन्द्रीय परिषद् बैठकलाई सोमबार सम्बोधन गर्दै नेपालले नेकपा अध्यक्षसमेत रहेका ओलीलाई यस्तो आरोप लगाएका हुन्। 

उनले भने, ‘केपी ओलीलाई कुनै छ्लफल गर्न मन परेन। उहाँको प्रवृत्तिले हामी आजित भएका थियौं। हिजो पार्टी एक हुँदा पनि अर्का अध्यक्ष प्रचण्डलाई मान नगर्ने, द्वितीय अध्यक्ष भनेर बोल्ने काम भयो। अब हामीले पार्टीलाई विधि, पद्धतिमा अगाडि बढाएर लैजानुपर्ने भएको छ।'

अहिले केपी ओलीको प्रतिगमनविरुद्ध आफूहरु एकजुट भएर लागेको उनले सुनाए। नेपालले भने, ‘यो लडाइँ केपी ओली र हाम्रोबीचको होइन। यो आन्दोलन संविधान रक्षा, लोकतन्त्र बचाउन र अहिलेसम्मको उपलब्धिलाई जोगाउनका लागि सुरु गरिएको हो। आज जिल्ला जिल्लामा जागरण आएको छ।’ 

ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकालिएको बताउँदै नेपालले भने, ‘अब उनले ओली बा समूह नामको पार्टी खोलेर बसे हुन्छ। सूर्य चिह्न र नेकपाको आधिकारिकता हाम्रो नै हुन्छ।’

आफूहरुले जनसरोकारका विषयमा धेरै कुरा उठाए पनि प्रधानमन्त्री ओलीले कहिल्यै नसुनेको गुनासो उनले गरे। ‘शिक्षकका मागका विषयमा पनि बेवास्ता हुँदै आयो। म प्रधानमन्त्री भएको बेला पनि मागहरु आएका थिए, तर कामचलाउ भइसकेको थिएँ,’ उनले भने।

सरकारी स्कुलको अवस्था धेरै बिग्रेको भन्दै उनले चिन्ता व्यक्त गरे। भने, ‘हामीले अब यी विषयमा सोच्नुपर्ने बेला आएको छ। शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ अगाडि बढ्नुपर्ने बेला आएको छ। अब तपाईंहरु पनि नयाँ हिसाबले अघि बढ्नुस्।’

प्रकाशित: Feb 08, 2021| 08:58 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।