शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलो पारीमा इन्डियाले पूरा गर्ने सकेन इंग्ल्यान्डले दिएको लक्ष्य

पहिलो पारीमा इन्डियाले पूरा गर्ने सकेन इंग्ल्यान्डले दिएको लक्ष्य

इन्डिया–इंग्ल्यान्ड टेस्टअन्तर्गत जारी खेलमा घरेलु टिम इन्डिया ३३७ रन बनाउँदै अलआउट भएको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं - इन्डिया–इंग्ल्यान्ड टेस्टअन्तर्गत जारी खेलमा घरेलु टिम इन्डिया ३३७ रन बनाउँदै अलआउट भएको छ।

चेन्नईको चिदम्बरम् रंगशालामा टस हारेर बलिङको निम्तो पाएको इन्डियाले पाहुना टिम इंग्ल्यान्डसँग ५७९ रनको लक्ष्य पाएको थियो।

तर, लक्ष्य पूरा गर्ने क्रममा ९५ ओभर पाँच बल खेल्दै आउट भएको छ। इन्डियाका ऋषभ पन्त शतक बनाउनबाट ९ रनले चुके। त्यस्तै वासिंटन सुन्दरले ८५ रन बनाए।

त्यस्तै चेतेश्वर पुजराले ७३ रन जोडे भने शुभमन गिलले २९ रन बनाए।

अर्का खेलाडी रविचन्द्र अश्विनले ३१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ पाँच मेडन राखेका डोम बेसले इन्डियाको चार विकेट गिराए। त्यस्तै जेम्स एन्डरसन, जोफ्रा आर्चर र ज्याक लिचले समान २/२ विकेट गिराए।

त्यसअघि ब्याटिङमा आएको इंग्ल्यान्डले १९० ओभर एक बलमा ५७८ रन बनाएको थियो।

विशाल रन बनाउने क्रममा जोय रुटले दोहोरो शतकीय पारी खेले। जारी टेस्टबाट १०० टेस्टको कोशेढुंगा पार गरेका रुट १०० औं खेलमा दोहोरो शतक बनाउने पहिलो खेलाडीसमेत बने।

त्यस्तै डोम शिवले र बेन स्टोक्सले क्रमशः ८७ र ८२ रनको योगदान दिए।

इन्डियाका जसप्रित बुमराह र रविचन्द्र अश्विनले समान ३–३ विकेट गिराए। इशान्त शर्माले दुई विकेट गिराउँदा शहबाज नदीमले पनि दुई विकेट लिए।

पहिलो पारी सकिँदा २४१ रनले इंग्ल्याण्ड अघि छ।

प्रकाशित: Feb 08, 2021| 06:31 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।