शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्तराखण्ड विपत् : ११ जनाको शव भेटियो, दुई सयभन्दा बढी अझै बेपत्ता

उत्तराखण्ड विपत् : ११ जनाको शव भेटियो, दुई सयभन्दा बढी अझै बेपत्ता

अहिलेसम्म ११ जनाको शव निकालिएको र सम्पर्कविहीन भएका २०३ जनाको खोजी जारी रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले जनाएका छन्। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– भारतको उत्तराखण्डमा हिजो आइतबार हिमनदी फुटेर आएको बाढीमा परी ११ जनाको मृत्यु भएको छ। दुई सयभन्दा बढी अझै बेपत्ता छन्। 

अहिलेसम्म ११ जनाको शव निकालिएको र सम्पर्कविहीन भएका २०३ जनाको खोजी जारी रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले जनाएका छन्। 

उद्धारकर्ताहरु सुरुङको मुहानमा पुगिसकेको र उद्धार जारी रहेको बताइएको छ। ‘हामी बढीभन्दा बढी मानिसको ज्यान बचाउन प्रयासरत छौैं,’ मुख्यमन्त्रीले भनेका छन्। 

आइतबार बिहान करिब १० बजे उत्तराखण्डको चमोली जिल्लास्थित नदीहरुमा अचानक पानी बढेको थियो। नन्दादेवी हिमनदीको एउटा भाग टुटेर भू–स्खलन भएपछि ऋषिगंगा र अलकनन्दा नदीमा भीषण बाढी आएपछि त्यसले विनासलिला मच्चाएको हो। 

प्रकाशित: Feb 08, 2021| 05:43 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।