शुक्रबार, भदौ १९, २०८३

जाजरकोटमा सञ्चार सेवा अवरुद्ध

सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोटका ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

जाजरकाेट - सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोटका ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ।

जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन्।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो।

टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ।

सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ।

नयाँ निर्माण गर्ने भनिएका टावर समयमै निर्माण नहुँदा अर्को समस्या हुँदै आएको हो।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पनि सञ्चार सेवा अवरुद्ध भएको छ।

रुकुम–पश्चिमको घेत्मामा रहेको टावरलाई सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो। रासस

प्रकाशित: Feb 08, 2021| 03:08 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।