शनिबार, असार २७, २०८३

झन् कमजोर बन्दै लिभरपुल

इंग्लिस प्रिमियर लिग(ईपीएल)को साविक विजेता लिभरपुलले घरेलु मैदान एनफिल्डमै लगातार तीन खेलमा हार बेहोरेको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिग(ईपीएल)को साविक विजेता लिभरपुलले घरेलु मैदान एनफिल्डमै लगातार तीन खेलमा हार बेहोरेको छ।

घरेलु मैदानमा ६८ खेलसम्म नहारेको रेकर्ड रहेको लिभरपुलले पछिल्ला तीनै खेलमा हार बेहोरेको हो।

जनवरी २२ को खेलमा बर्नलीले पेनाल्टी पाएपछि त्यही गोलका कारण घरेलु मैदानमा हारेको लिभरपुल फेब्रुअरी चारको खेलमा पनि ब्राइटोनसँग १–० गोलले  हारेको थियो।

हारको शृंखला लगातार कायम राख्दै गर्दा उसले गएरातिको खेलमा निकट प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग त ४–१ गोलअन्तरको हार बेहोर्‍याे।

लिभरपुलविरुद्ध फराकिलो जितका लागि सिटीका इलके गुन्डोगनले दुई गोल गरे भने रहिम स्टार्लिङ र फिल फोडेनले समान १–१ गोल गरे।

तर प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा कुनै गोल हुन नसक्दा गोलरहित बराबरीमै रोकिएको थियो। खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीको उपयोग गर्न नसकेपछि सिटी पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको थियो।

दोस्रो हाफको ४९ औं मिनेटमा गुन्डोगनले गोल गरेपछि भने सिटीले अग्रता बनायो। तर ६३ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याइहाले।

उनको बराबरी धेरै टिक्न सकेन। फिल फोडेनको पासमा गुन्डोगनले ७३ औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै पुनः सिटीलाई अग्रता दिलाए।

त्यसपछि स्टार्लिङले ७६ औं मिनेटमा र फोडेने ८३ औं मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाए।

गोलका लागि बर्नान्डो सिल्वा र ग्याब्रियल जिससले समान १,१ पास उपलब्ध गराए।

यता प्रिमियर लिगको मार्डन इतिहासमा लिभपुल  लगातार तीन खेलमा हार बेहोर्ने पहिलो टिम बनेको छ। ६५ वर्षअघि सन् १९५६ मा इंग्लिस क्लब चेल्सीले  पनि लगातार तीन होम गेममा हार बेहोरेको थियो।

यता गएरातिको जितसँगै सिटीले लगातार १४ खेल अपराजित छ। उसले २००३ पछि पहिलोपटक एनफिल्ड मैदानमा जित निकालेको छ। क्याटलान प्रशिक्षक पेप ग्वार्डिओलाले पनि लिभरपुलको मैदानमा पूरा प्रशिक्षणकाल अवधिभर पहिलो जित निकालेका हुन्।

२२ खेलमा १५ औं जितसँगै ५० अंक बनाएको सिटी लिगको शीर्षस्थानमा छ। त्यस्तै सिटीभन्दा १० अंक पछि रहेको लिभरपुल चौथो स्थानमा छ।

लिभरपुलका गोलकिपर एलिसन बेकरले गल्ती गर्न पुगेपछि सिटीले सुरुआती अग्रता बनाएको थियो। त्यसलाई अंकित गर्दै प्रशिक्षक योर्गेन क्लोप भन्छन्, ‘राम्रो गेम भयो र हामीले ठूला भुलहरू गर्‍यौँ। यस्ता गल्तीहरुले नै हामी गोल खान पुग्छौं।’

त्यस्तै, उनले पहिलो हाफको खेल उत्कृष्ट रहेको बताएका छन्। तर दोस्रो हाफमा एलिसनका दुई ठूला गल्तीका कारण खेलमा लज्जास्पद हार बेहोरेको बताएका छन्।
 

प्रकाशित: Feb 08, 2021| 02:08 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।