शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एम्बाप्पेको गोलमा पीएसजीको जित, मार्सेल्लीका खेलाडीलाई रेडकार्ड

एम्बाप्पेको गोलमा पीएसजीको जित, मार्सेल्लीका खेलाडीलाई रेडकार्ड

केलियन एम्बाप्पे र माउरो इकार्डीले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं – केलियन एम्बाप्पे र माउरो इकार्डीले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।

फ्रेन्च लिग वानअन्तर्गत मार्सेल्लीको मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले घरेलु टिमविरुद्ध २–० गोलको जित निकालेको हो।

खेलको नवौं मिनेटमा गोल गर्दै फरवार्ड केलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफकै २४ औं मिनेटमा इकार्डीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यससँगै पहिलो हाफमै पीएसजी दुई गोलले अघि रह्यो। तर, दोस्रो हाफमा अतिरिक्त गोल नथपिएपछि साही नतिजाका साथ पीएसजीले खेल जितेको हो।

तर, खेलको अन्तिम मिनेटमा रेडकार्ड पाउँदै मार्सेल्लीका दमित्री पयेट मैदानबाट बाहिरिएका थिए। गएरातिको हारसँगै मार्सेल्लीले पीएसजीसँग लगातार आठ हाेम खेलमा हार बेहोरेको छ भने उसको क्यूएसआई युगमा १९ हार बेहोरेको छ।

यता गएरातिको जितसँगै ५१ अंक बनाएको पीएसजी शीर्षस्थानको लिल्लभन्दा तीन अंक पछि छ। त्यस्तै दोस्रो स्थानको लियोनको भने ५२ अंक छ। पराजित मार्सेल्ली ३३ अंकका साथ नवौं स्थानमा छ।

गएरातिको अर्को खेलमा लिल्लेले नान्टेसलाई २–० गोलले हराएको थियो।
 

प्रकाशित: Feb 08, 2021| 01:34 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।