पर्सा- वडा प्रहरी कार्यालय श्रीपुरले नेपाली नक्कली नोटसहित एक भारतीयलाई पक्राउ गरेको छ।
विशेष सूचनाको अधारमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल बस्ने २२ वर्षीय अमनदीप कुमार सिंहको साथबाट १ हजार दरका १९३ वटा नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुवरले बताए।
कुँवरका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित सडकमा चेकजाँच गर्ने क्रममा बीआर ०५ एम ६०९७ नम्बरको भारतीय मोटरसाइकलमा सवार अमनदीप कुमार सिंहको खनतलासी गर्दा उनको साथबाट नक्कली नोटसहित लागुऔषध ३ ग्राम खैरो हिरोइन पनि बरामद भएको छ।
पक्राउ परेका सिंहबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी जनाएको छ।