शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा पहिलो चरणमा लक्ष्यको ९१ प्रतिशतलाई खोप 

सुदूरपश्चिममा पहिलो चरणमा लक्ष्यको ९१ प्रतिशतलाई खोप 

कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ९१ प्रतिशतलाई खोप लगाइएको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

धनगढी- कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ९१ प्रतिशतलाई खोप लगाइएको छ।

माघ १४ गते सुरु भएको पहिलो चरणको खोप अभियानअन्तर्गत ११ दिनमा प्रदेशमा १४ हजार ८५५ जनालाई खोप लगाइएको हो।

प्रदेशमा १६ हजार ३३८ जनालाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य थियो। १४ हजार ८५५ जनलाई खोप लगाउँदा १५ हजार डोज खोप खर्च भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेशको कैलाली जिल्लामा ४ हजार १८४ जना, कञ्चनपुरमा २ हजार ७९२ जना, डोटीमा १ हजार १३७, डडेल्धुरामा १ हजार ६२ जना, बैतडीमा १ हजार ३९७ जना, दार्चुलामा १ हजार ८२ जना, अछाममा १ हजार ४९५ जना, बझाङमा १ हजार ९१ र बाजुरामा ६१५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए। 

उनले पहिलो चरणमा प्रदेशमा कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिने र उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका, बृद्धाश्रममा रहेका व्यक्तिहरु र कैदी बन्दीहरुलाई खोप लगाएको उनले बताए।

प्रकाशित: Feb 07, 2021| 14:46 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।