शनिबार, असार २७, २०८३

पुलिसलाई हराउँदै वालिङ महिला लिगको तेस्रो स्थानमा

वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग अन्तर्गत आजको खेलमा जित निकालेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग अन्तर्गत आजको खेलमा जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पुलिस क्लबविरुद्ध वालिङ नगरपालिका स्याङ्जाले १–० गोलको जित निकालेको हो।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी भएको थियो। खेलको ५८ औं मिनेटमा वालिङकी मिथू रुथले गोल गर्दै वालिङलाई दोस्रो हाफमा अग्रता दिलाएकी थिइन्। त्यसपछि अन्य गोल नहुँदा वालिङले सोही अग्रताका साथ जित निकालेको थियो।

४६ औं मिनेटमा मैदान छिरेकी रेखा पौडेलले पनि गोलको अवसरलाई सदुपयोग गर्न नसकेपछि पुलिसका अन्य खेलाडी पनि वालिङमाथि हावी हुन सकेनन्।

यसअघि पुलिस र वालिङ समान ८ अंकका साथ चौथो र पाँचौं स्थानमा थिए। आजको खेलमा वालिङले तीन अंक थप गर्दै ११ अंक बनाएर तेस्रो स्थानमा उक्लिएको छ।

१० अंकका साथ यसअघि तेस्रो स्थानमा रहेको विराटनगर चौथो स्थानमा झरेको छ। पहिलो लेगको खेलमा वालिङले पुलिससँग १–१ गोलको बराबरी खेलेको थियो।

प्रकाशित: Feb 07, 2021| 11:37 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।