शनिबार, असार २७, २०८३

तेस्रो स्थानको विराटनगरमाथि चन्द्रपुरको साँघुरो जित 

राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले साँघुरो जित निकालेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले साँघुरो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकाविरुद्ध १–० गोलको जित निकालेको हो।

खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफमा चन्द्रपुरकी रजनी थोकरले निर्णायक गोल गर्दै चन्द्रपुरलाई जित दिलाइन्।

दोश्रो लेगको पहिलो जितसँगै चन्द्रपुरले तालिकामा ६ अंक बनाएको छ। उसले लिगमा २ जित निकालेको छ। यता विराटनगरले लिगमा तेस्रो हार बेहोरेको छ।

उसले लिगमा तीन जितसहित १० अंक जोडिसकेको छ। पहिलो लेगको खेलमा विराटनगरले चन्द्रपुरलाई ५–० गोलको जित निकालेको थियो।

प्रकाशित: Feb 07, 2021| 10:19 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।