काठमाडौं– अखिल नेपाल फुटसल संघ (एन्फा) ले आयोजना गर्ने ‘ए’ डिभिजन फुटसल लिग सञ्चालन गर्नका लागि मिडिया पार्टनरको रुपमा रहेको विज्ञापन एजेन्सी ट्रन पाइक इभेन्ट्सले सहयोग गर्ने भएको छ।
उसले लिग सञ्चालनका लागि ३० लाख रूपैयाँ रकम प्रदान गर्ने एन्फासँग आइतबार सम्झौता भएको हो।
सातदोबाटोस्थित एन्फाको हलमा आयोजित पत्रकार सम्मेलनमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौतालाई ऐतिहासिक भएको बताएका छन।
उनले भने– ‘फुटसल सञ्चालन गरेर खेलाडीलाई फाइदा भएको छ। यसले एन्फालाई पनि व्यस्त राख्ने र आम्दानी गर्ने बाटो भएको छ।’
गण्डकी प्रदेशमा वैशाखमा आयोजना गरिएको फुटसल लिग पुरुष लिग भएकाले महिला राष्ट्रिय फुटसल च्याम्पियनसीप चाँडै गर्ने अध्यक्ष शेर्पाले बताएका छन्।
८–१० क्लब फुटसलको ‘ए’ डिभिजनमा रहने जनाइएको छ। पुरस्कार राशी पहिलो हुनेलाई १० लाख र उपविजेतालाई ५ लाख राखिएको छ।
एन्फाले तीन वर्षअघि आयोजना गरेको लिगमा पनि ट्रन पाइकले सहयोग गरेको थियो।