बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी, हाइड्रोमा काम गर्ने डेढ सय मजदुर बेपत्ता

उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी, हाइड्रोमा काम गर्ने डेढ सय मजदुर बेपत्ता

भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ढूलो बाढी आएको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ।

National life

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ।  नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका छन्। 

नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ। बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुग्ने आशंका गरिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन्। उनले ट्विट गरेर अफवाहमा ध्यान नदिन र पुराना भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न अनुरोध गरेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Feb 07, 2021| 08:07 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।