शनिबार, असार २७, २०८३

इन्डियालाई इंग्ल्यान्डको कठिन लक्ष्य

दोस्रो दिन सकिँदा ५५५ विकेट गुमाएको इंग्ल्यान्डले भारतविरुद्ध जारी टेस्टमा ५७९ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– दोस्रो दिन सकिँदा ५५५ विकेट गुमाएको इंग्ल्यान्डले भारतविरुद्ध जारी टेस्टमा ५७९ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

आज(आइतबार) आठ विकेट गुमाएको अवस्थामा सुरु भएको खेलमा इंग्ल्यान्डले थप दुई विकेट गुमाउँदै सो रन जोडेको हो।

५७९ रनको बलियो लक्ष्यका लागि जोय रुटले दोहोरो शतकको पारी खेलेका छन्। जारी टेस्टबाट १०० टेस्ट खेलको कोशेढुंगा पार गरेका रुट १०० औं खेलमा दोहोरो शतक बनाउने पहिलो खलाडीसमेत बने।

टेस्टमा उनले यो पाँचौ दोहोरो शतक हो। चेन्नईको चिदम्बरम् रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डविरुद्ध इन्डियाका जसप्रिर बुमराह र रविचन्द्र अश्विनले समान ३–३ विकेट गिराए।

त्यस्तै, २७ ओभर बलिङ गरेर सात मेडन राखेका इशान शर्माले दुई विकेट गिराउँदा ४४ ओभर बलिङ गरेका शहबाज नदीमले पनि दुई विकेट लिए। यता ब्याटिङमा रहेको इंग्ल्यान्डका डोम शिबले र बेन स्टोक्सले क्रमशः ८७ र ८२ रनको योगदान दिए।

इंग्ल्यान्डले विसाल लक्ष्य बनाए पनि जोफ्रा आर्चर गोल्डेन डग आउट भए भने डान लरेन्सले पनि खाता खोल्न सकेनन्। यता इन्डियाले पहिलो इनिङको ब्याटिङ सुरु गरिसकेको छ।

इंग्ल्यान्डका रुट सानो उमेरमा सय टेस्ट खेल्ने तेस्रो खेलाडी बनेका छन्। सबैभन्दा सानो उमेरमा सय टेस्ट खेल्ने रेकर्ड भने इंग्ल्यान्डका एलिस्टेयर कुकको नाममा छ। उनले २८ वर्ष ३५३ दिनमा सय टेस्ट खेलेका छन्। 

त्यस्तै इन्डियाका सचिन तेन्दुलकर उक्त रेकर्डको दोस्रो नम्बरमा छन्। २९ वर्ष १३४ दिनमा सय टेस्ट खेलेका तेन्दुलकर सानो उमेरमा सय टेस्ट पुर्याउने दोस्रो खेलाडी हुन्।

त्यस्तै ३० वर्ष ३७ दिनमा सय टेस्ट खेल्दै जोय रुट सानो उमेरमा उक्त कोशेढुंगा पार गर्ने तेस्रो खलाडी बनेका हुन्।
 

प्रकाशित: Feb 07, 2021| 07:44 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।