शुक्रबार, भदौ १९, २०८३

भागरथीका हत्यारालाई कारवाही गर्न नेविसंघको माग

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसंघ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन्। 

‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु  दुःखद कुरा हो’, अध्यक्ष ढुंगानाले विज्ञप्तिमा भनेका छन्। अपराधि पक्राउ नै नपर्नु र कारवाही नहुनु राज्यको दुर्वलता भएको उनले बताएका छन्।

प्रकाशित: Feb 07, 2021| 04:41 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।