शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुखले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

सभामुखले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं - संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सापकोटा शुक्रबार अदालतमा आफैं उपस्थित भएर नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए। 

मंसिर ३० गते आफ्नो उपस्थितिबिना बसेको बैठकबाट ल्याइएको अध्यादेशमार्फत् गरिएको नियुक्ति गैरकानुनी भएको उनले रिटमा जिकिर गरेका छन्।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। 

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरूलाई रिटमा विपक्षी बनाइएको छ। 

बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश राणाले संवैधानिक परिषद्‌मा सिफारिस सबै पदाधिकारीलाई शपथ गराएका थिए।

प्रकाशित: Feb 07, 2021| 04:17 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।