शुक्रबार, भदौ १९, २०८३

नक्कली नोट बनाउने उपकरणसहित दुई जना पक्राउ

 कञ्चनपुरबाट नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित दुई जना पक्राउ परेका छन्। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

धनगढी- कञ्चनपुरबाट नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बस्ने ४५ बर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका १४, बौद्ध बस्ने ३३ बर्षीय विष्णु भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

उनीहरूलाई बेलौरी नगरपालिका १०, भुराबाट गस्तीमा गएको प्रहरीले टोलीले शनिबार नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।

उनीहरुबाट नक्कनी नोट बनाउने काँचको पाटा, हजारको नोट थान १, पाँच सयको नोट थान २, विभिन्न साइजका कागज थान तीन सय ८० र केमिकल जस्तो रंगसहित दुईवटा स्टीलको थाल बरामद गरेको उनले बताए।

प्रकाशित: Feb 07, 2021| 04:01 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।