मंगलबार, चैत १०, २०८२

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए काेराेनाविरुद्धकाे खाेप

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं - पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।

जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ४७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन्।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कुल जनसंख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो। खोप अभियान शनिबार सम्पन्न भएको थियो।

मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ।

Laxmi sunrise bank
kumari

नेपालमा कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए।

भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो। यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। रासस

प्रकाशित: Feb 07, 2021| 03:49 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्