बिहीबार, वैशाख ३१, २०८३

प्राश्नाले ल्याइन् ‘जय श्री स्वस्थानी माता’ 

हरेक बर्ष पुष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म नेपाली महिलाले गर्ने श्री स्वस्थानी व्रतको बारेमा गायिका प्राश्ना शाक्यले भजन सार्वजनिक गरेकी छन्। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- हरेक बर्ष पुष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म नेपाली महिलाले गर्ने श्री स्वस्थानी व्रतको बारेमा गायिका प्राश्ना शाक्यले भजन सार्वजनिक गरेकी छन्। 

National life

अम्बिका शाक्यका शब्द ‘जय श्री स्वस्थानी माता’  भजनमा किरण कँडेलले संगीत र एरेन्ज गरेका हुन्। प्रज्ञा साउण्ड म्युजिक स्टुडियोमा रेकर्ड भएको भजनलाई शम्भुकुमार तण्डुकारले रेकर्डिङ गरेका हुन्। 

भिडियोमा प्राश्ना स्वयंले अभिनय गरेकी छन् भने बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठलगायतका गायिकाको पनि भूमिका देख्न सकिन्छ।  

प्रशान्त क्रियसनको पोस्ट प्रोडक्सनमा बनेको भिडियोमा सीता पराजुलीको मेकअप र प्रशान्त तामांगको निर्देशन छ।

भिडियोलाई गायिका प्राश्ना शाक्यको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ।  

प्रकाशित: Feb 07, 2021| 03:23 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्