शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लाफा राष्ट्रिय ब्याडमिन्टनको उपाधि पोखराका खड्का र अधिकारीको जोडीलाई

लाफा राष्ट्रिय ब्याडमिन्टनको उपाधि पोखराका खड्का र अधिकारीको जोडीलाई

बुटवलमा सम्पन्न तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले चुमेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

बुटवल - बुटवलमा सम्पन्न तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले चुमेको छ। 

शनिबार राति भएको फाइनल खेलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उनीहरूको जोडीले उपाधि जितेको हो। 

नेपाल र रायमाझीको जोडी भने उपविजेतामै चित्त बुझायो। 

खुल्लातर्फ पोखराका विशाल बस्नेत र प्रनिशसिंह ठकुरी जोडी तथा लाफा समूहका सुशील गिरि र विवेक न्यौपानेको जोडी तेस्रो भए। 

खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५५ हजार ५५५, ४१ हजार ५५५, ३१ हजार ५५५ रूपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो। 

भेट्रान्सतर्फको खेलमा पाल्पाका वसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि हात पारेका छन्। 

फाइनल खेलमा गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानाको जोडीलाई २–० को सोझो सेटमा यो जोडीले पराजित गरेको थियो। 

भेट्रान्सतर्फ बुटवलका गोपाल टण्डन र अर्जुनबहादुर कार्की तथा शंकरनगरका पुरन गाहा र सुरज गुरुङको जोडी तेस्रो भए। 

खेलमा प्रथम, द्वितीय र तृतीय हुने जोडीहरू क्रमशः २५ हजार ५५५, १५ हजार ५५५, १० हजार ५५५ रूपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए। 

प्रतियोगितामा गुल्मीका मनोज फौदार उदीयमान खेलाडी, दाङका हिमान्शु कँवर उत्कृष्ट खेलाडी, बुर्तिवाङका जेनिस शेरचन अनुशासित खेलाडी घोषित हँुदै नगद, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए।

प्रकाशित: Feb 07, 2021| 02:59 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।