शनिबार, असार २७, २०८३

डर्टमन्ड फेरि पराजित, लाइप्जिक र लेवरकुसनले निकाले जित

एसी फ्रिबर्गको मैदानमा पाहुना टिम बोरुसिया डर्टमन्ड घरेलु टिमसँग २–१ गोलले पराजित भएको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- एसी फ्रिबर्गको मैदानमा पाहुना टिम बोरुसिया डर्टमन्ड घरेलु टिमसँग २–१ गोलले पराजित भएको छ।

२–१ गोलले पराजित हुँदा डर्टमन्डले बुन्डेसलिगाको जारी सिजनमा आठ हार बेहोरिसकेको छ।

लगातार हार बेहोरेर मुख्य प्रशिक्षक नै बर्खास्त गरेको डर्टमन्डले त्यसपछिको खेलमा पनि जितको लय समाउन सकेको छैन्। ऊ बुन्डेसलिगाका पछिल्ला आठ खेलमध्ये पाँच खेलमा जितबिहीन छ।

यसकारण ऊ लगातार पराजयको सिकार भएको हो।

गएरातिको खेलमा पनि फ्रिबर्गबा जेओन वे येओन र जोनाथन स्किमिडले गोल गर्दै दोहोरो अग्रता बनाएपछि डर्टमन्डका योउसुफ मौकोकोले हाल्यान्डको पासमा सान्त्वना गोल गरेका थिए।

मौकोको ६० औं मिनेटमा मार्को रिउसको ठाउँमा मैदान पसेका थिए। गएरातिको हारसँगै डर्टमन्ड ३२ अंकका साथ छैटौं स्थानमा कायम छ। ऊ शीर्षस्थानको बायर्न भन्दा १६ अंकले पछि छ।

गएरातिको विजेता फ्रिबर्ग भने ३० अंकका साथ आठौं स्थानमा छ।

शनिबार रातिकै अन्य खेलमा दोस्रो स्थानको लाइप्जिकले साल्केमाथि ३–० गोलको सहज जित निकालेको छ।

जितसँगै ४१ अंक बनाएको लाईप्जिक बार्यभन्दा सात अंकले पछि छ। त्यस्तै गएरातिको खेलमा चौथो स्थानको वायर लेवरकुसनले पनि ५–२ गोलको जित निकालेको छ।

उसले अंकतालिकामा ३४ अंक बनाएको छ। त्यस्तै, तेस्रो स्थानको उल्भ्सबर्गको भने ३८ अंक छ।
 

प्रकाशित: Feb 07, 2021| 02:22 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।