शनिबार, असार २७, २०८३

वारानेको दोहोरो गोलमा रियलको जित

स्पेनिस ला लिगामा राफेल वारानेले दुई गोल गर्दा रियल मड्रिडले पुनरागमन जित निकालेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- स्पेनिस ला लिगामा राफेल वारानेले दुई गोल गर्दा रियल मड्रिडले पुनरागमन जित निकालेको छ।

लिगअन्तर्गत ह्वेस्काको मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियलले घरेलु टिमविरुद्ध २–१ गोलको जित निकालेको हो।

दुवै तर्फबाट गोल नभएपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफको सुरुमै जावी गनले गोल गर्दै ह्वेस्कालाई अग्रता दिलाए।

यता रियलका वारानेल घरेलु टिमको अग्रता तोड्दै ५४ औं मिनेटमा खेललाई बराबरी बनाएका थिए।

उनले अग्रता मात्र तोडेनन् खेलको ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता आफ्नो पक्षमा पारे। सोही अग्रताका साथ रियलले खेल जितेको थियो।

जितका बाबजुद रियल शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा सात अंकले पछि छ।

रियलको ४३ अंक छ भने चौथो स्थानमा रहेका सेभियाले गएरातिको खेलमा जित निकाल्दै ४२ अंक जोडेको छ।

१० खेलाडीमा सीमित बनेको गेटाफेविरुद्ध सेभिया ३–० गोल अन्तरले विजयी भएको थियो। र, सेभिया तेस्रो स्थानमा उक्लिएको हो।

त्यस्तै, ४० अंक बनाएको बार्सिलोना चौथो स्थानमा छ। रियलसँग पराजित ह्वेस्का तालिकाको पुछारमा छ भने गेटाफे १२ औं स्थानमा छ।
 

प्रकाशित: Feb 07, 2021| 02:14 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।