शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एभर्टनसँग बराबरीमा रोकियो युनाइटेड, अर्को खेलमा आर्सनल पराजित

एभर्टनसँग बराबरीमा रोकियो युनाइटेड, अर्को खेलमा आर्सनल पराजित

उपाधि दावेदार म्यानचेस्टर युनाइटेडले सुरुआति अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग(ईपीएल)मा एभर्टनसँग बराबरीमा रोकिएको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- उपाधि दावेदार म्यानचेस्टर युनाइटेडले सुरुआति अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग(ईपीएल)मा एभर्टनसँग बराबरीमा रोकिएको छ।

युनाइटेडको ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले एभर्टनसँग ३–३ गोलको बराबरी खेलेको हो।

युनाइटेडका लागि एडिसन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याक टोमिनेले समान १–१ गोल गरे भने एभर्टनका हामेस रोड्रिग्वेज, अब्डोलय डोउकोन र डोमिनिक लनले समान १–१ गोल गरे।

खेलको २४ औं मिनेटमा काभानी र ४५ औं मिनेटमा फनोन्डेले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए।

तर दोस्रो हाफको ४९ औं मिनेटमा डोउकोनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए। त्यसलगत्तै, ५२ औं मिनेटमा हामेसले गोल गरेपछि भने खेल बराबरी भयो।

तर ७० औं मिनेटमा गोल गरेर टोमिनेले युनाइटेडलाई पुनः अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन्।

एभर्टनका लनले इन्ज्युरी समयमा गोल गर्दै खेल फेरि बराबरी बनाए।

शनिबार रातिको बराबरीसँगै युनाटेड दोस्रो स्थानमा यथावत् छ भने एभर्टन छैटौं स्थानमा छ।

युनाइटेड शीर्षस्थानको सिटी भन्दा दुई अंकले पछि छ।

गएरातिकै अर्को खेलमा एस्टन भिल्लासँग आर्गतल साँघुरो गोलअन्तरले पराजित भएको छ।

भिल्लाकै मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलमाथि घरेलु टिमले १–० गोलको जित निकालेको हो।

हारसँगै आर्सनल १० औं स्थानमा कायम छ भने भिल्ला आठौं स्थानमा छ।
 

प्रकाशित: Feb 07, 2021| 01:39 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।