शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबाहेक विजनेस छैन

प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबाहेक विजनेस छैन

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक १९ दिन पछि बस्न लागेको हो। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

विराटनगर- प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक १९ दिन पछि बस्न लागेको हो। 

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावबाहेक विजेनस नभएकाले प्रस्ताव टेवल हुने निश्चित छ। 

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेवल हुन नदिने रणनीतिमा नेकपा ओली पक्ष रहेको छ। ओलीपक्ष आइतबारको बैठक बस्नै नदिने रणनीतिमा छ। 

नेकपा औपचारिक  रुपमा विभाजन नभएकाले प्रदेशसभाको बैठकको औचित्य नभएको नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनले भने, ‘प्रदेशसभा बैठक चल्न मुख्यमन्त्री राईले निलम्वन गरेको कारवाही कार्यन्वयन हुनुपर्ने नभए नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म पर्खनु पर्छ।’ 

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेकाले कसैलाई कुनै किसिमको कारवाही गर्न नपाइने नेकपा दाहाल–नेपालपक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले बताए। उनले अविश्वासको प्रस्तावलाई प्रकृयागत रुपमा अघि बढाउनुपर्ने बताए।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कुनैपनि हालतमा प्रदेशसभा बैठक रोक्न नहुने बताए। अविश्वासको प्रस्ताव संसदमा टेवल भएपछि कांग्रेसले निर्णय गर्ने उनले बताए। 

कार्यसूची कार्यव्यवस्थाले टुङ्गो लगाउने

मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउनका लागि सहमति जुटाई संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने भएको छ । 

कार्यव्यवस्था परामर्श समितिको बैठक विहान ११ वजे बोलाइएको छ। 

संसदमा अन्यविजनेस नभएकाले बैठकको कार्यसूची के हुने भन्ने तय भएको छैन। 

श्रोतकाअनुसार अविश्वास प्रस्ताव टेवल गर्नेबारे छलफल हुनेछ। 

प्रदेशसभा बैठक दिउँसो २ वजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए। 


 

प्रकाशित: Feb 07, 2021| 01:30 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।