काठमाडौं- इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले जित निकालेको छ।
युभेन्टसको ओल्ड लेडी मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम रोमालाई २–० गोलले हराएको हो।
दुई गोलले हराउने क्रममा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने अर्को गोल रोमाले कोसेली दियो।
खेलको १३ औं मिनेटमै पहिलो गोल गरेर रोनाल्डोले सुवाआति अग्रता दिलाए। यससँगै पहिलो हाफमा घरेलु टोली एक गोलले अघि रह्यो।
दोस्रो हाफको ६९ औं मिनेटमा रोमाका इबान्जले आत्मघाति गोल गरेपछि युभेन्टसको अग्रता दोब्बर भएको थियो।
दुई गोलको अग्रताका साथ जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। उसले चौथो स्थानको रोमालाई दुई अंकले पछि पादै तेस्रो स्थानमा उक्लिएको हो।
यता लिगको शीर्षस्थानमा रहेको इन्टर मिलानको ४७ अंक छ भने दोस्रो स्थानको एसी मिलानको ४६ अंक छ।
तेस्रो स्थानमा उक्लिएको युभेन्टसको ४२ अंक हुँदा ४० अंकका साथ रोमा चौथो स्थानमा छ।
इटालियन सिरी ए अन्तर्गत नै गएराति सम्पन्न खेलमा नापोलीले जिनोआको मैदानमा घरेलु टिमसँग २–१ गोलको हार बेहोरेको छ। हारका बाबजुद नापोली पाँचौ स्थानमा छ।