बाँके - नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा बिनोद पौडेल चयन भएका छन्।
शनिबार नेपालगञ्जमा भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
पौडेल मिसन मल्टिमिडिया प्रालिका प्रबन्धक तथा मिसन अफसेट प्रेसका सञ्चालक हुन्।
संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरिएको छ।
यस्तै सदस्यहरूमा हरिप्रसाद ज्ञवाली, मीना ढकाल, ढकबहादुर थारु, दुर्गाप्रसाद रेग्मी र सुवास ठठरे छन्।
भेलाले सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ। जसमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्रविक्रम शाह, मीना सुवेदी ढकाल, ज्योतिलाल भण्डारी, चण्डीप्रसाद गैरै र कुसुम बस्नेत छन्।
अध्यक्ष पौडेलले छरिएर रहेका मुद्रण व्यवसायीलाई पेसागतरूपमा एकताबद्ध गर्दै सम्पूर्ण व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।