शुक्रबार, भदौ १९, २०८३

१ हजार निजी विद्यालय बन्द हुने अवस्थामा

देशभरका १ हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

विराटनगर- देशभरका १ हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। कोरोना संक्रमणका कारण लामो समयदेखि पठनपाठन रोकिँदा करिब १ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन्। 

देशभर मन्टेश्वरीदेखि कक्षा १२ सम्म १० हजार निजी विद्यालय छन्। करिब १० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताए। उनका अनुसार बन्द हुने निजी विद्यालय बढी काठमाडौंका छन्।

अध्यक्ष पुरीले भने, ‘भाडाको घरमा रहेका विद्यालय बढी मर्कामा परेका छन्।’ कोरोना संक्रमणका कारण बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई मर्जरमा लैजानुपर्ने प्याव्सनले निर्णय गरेको छ। विराटनगरमा शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई मर्जरमा लगि सरकारसँग सहुलियत माग गर्नुपर्ने निर्णय भएको अध्यक्ष पुरीले बताए। 

निजी विद्यालयको लगानी र रोजगारी गुम्ने भएकाले सरकार समक्ष सहुलियतका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए। 

केन्द्रीय समिति बैठकले निजी विद्यालयलाई कोरोनाबाट अति प्रभावितको सूचीमा राख्न माग गरेको छ। मौद्रिक नीतिले मध्यम प्रभावितमा समावेश गरिएकाले यसलाई सच्चाएर अति प्रभावितमा राख्नुपर्ने निर्णय गरिएको अध्यक्ष पुरीले जानकारी दिए।

उनका अनुसार अति प्रभावितको सूचीमा समावेश भए आगामी असारसम्म बैंकको ऋण भुक्तानीका लागि छुट हुनेछ। मध्यम प्रभावितमा राख्दा आगामी चैतसम्ममा बैंकको ऋण भुक्तानी गरिसक्नुपर्ने अध्यक्ष पुरीले बताए। उनले भने, ‘मध्यम प्रभावित हुँदा चैतसम्म बैकको ऋण नतिरे हर्जना लाग्ने, लिलामी प्रकृयामा जान सक्छ।’ लामो समयदेखि विद्यालय बन्द रहेकाले बैंक ऋण भुक्तानीमा समस्या रहेकाले अतिप्रभावितमा समावेशका लागि माग गरिएको उनको भनाइ छ। 

प्याब्सन आगामी चैत मसान्तभित्रमा चालू शैक्षिक सत्र सम्पन्न गर्नेमा प्रतिबद्ध रहेको अध्यक्ष पुरीले बताए। उनले भने, ‘चैत भित्रमा शैक्षिक सत्र सम्पन्न गर्ने सरकारको निर्णयअनुसार हामी प्रतिबद्ध छौं।’ उनले कोर्षलाई ७० प्रतिशमा संकुचन गरिने बताए। 

प्रकाशित: Feb 06, 2021| 12:46 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।