काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो अबधिमा २४८ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको जनाएको छ।
जसमध्ये २ लाख ६७ हजार ८१२ जना संक्रमित निको भएका छन्। हाल १ हजार ९५९ जना संक्रमित आइसोलेशनमा छन्।
पछिल्लो २४ घण्टामा २ हजार ७९५ वटा आरटीपीसीआर परीक्षण गरिएको थियो।
हालसम्म २० लाख ९१ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ। पछिल्लो चौबीस घण्टामा कोही पनि
संक्रमितको मृत्यु भएको छैन। हालसम्म २ हजार ३५ जना संक्रमितले ज्यान गुमाएका छन्। हाल ९५ जना क्वारेन्टिनमा छन्।