शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोरीका हत्यारालाई कडा कारबाही गर्न दाहाल-नेपालको आग्रह

किशोरीका हत्यारालाई कडा कारबाही गर्न दाहाल-नेपालको आग्रह

नेकपाको दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरीका हत्यारालाई कारबाही गर्न माग गरेका छन्।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- नेकपाको दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरीका हत्यारालाई कारबाही गर्न माग गरेका छन्।

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले घटनाले स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। 

‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

अढाइ वर्षअघि कञ्चनपुरकी निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको

घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिने राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको दाहाल-नेपालले उल्लेख गरेका छन्।

‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मृतक किशोरी भागरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं।’

माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका- ७ चडेपानी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्था शव भेटिएको हो। घटनाका विषयमा प्रहरीले अहिलेसम्म सत्यतथ्य बाहिर ल्याउन सकेको छैन्।

प्रकाशित: Feb 06, 2021| 10:20 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।