शुक्रबार, भदौ १९, २०८३

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ को मृत्यु, २ घाइते

कैलालीको पूर्वी क्षेत्र जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- कैलालीको पूर्वी क्षेत्र जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका–९ खैरीफाँटस्थित कालिका सामुदायिक वनमा माटो लिन गएका तीन जनाको पुरिएर मृत्यु भएको हो।

दुई जनाको घटनास्थलमा र एक जनाको टीकापुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले जानकारी दिए।

मध्यान्ह १२ बजेको समयमा वन नजिकैको जैरी खोलामा उनीहरुलाई माटोको ढिस्कोले पुरेको थियो।

मृत्यु हुनेमा जानकी गाँउपालिका–९ की १७ की धनसरी सवाल, २० वर्षीया भावना वडको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै ३० वर्षीया गंगादेवी जैगडीको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

१२ वर्षीया अन्जु जैगडी र १२ वर्षीया काजल सवाल घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 06, 2021| 10:10 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।