शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीलाई सत्ताच्युत नगरे थप राजनीतिक संकट आउँछ : अष्टलक्ष्मी शाक्य

केपी ओलीलाई सत्ताच्युत नगरे थप राजनीतिक संकट आउँछ : अष्टलक्ष्मी शाक्य

नेकपा नेतृ एवम् दाहाल नेपाल पक्षीय स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई सत्ताच्युत नगरे थप राजनीतिक संकट आउने बताएकी छन्।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- नेकपा नेतृ एवम् दाहाल नेपाल पक्षीय स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई सत्ताच्युत नगरे थप राजनीतिक संकट आउने बताएकी छन्।

पार्टीको आधिकारिक फेसबुक पेजमार्फत् नियमित गरिने अन्तर्क्रियामा उनले यस्तो बताएकी हुन्।

‘केपी ओलीलाई अब सत्ताच्युत गर्न ढिलो गर्नुहुन्न,’ उनले भनिन्, ‘नगरेमा विभिन्न असंवैधानिक कदम अघि बढाउने क्रम जारी राख्छन्।’
आफूहरुले यही माघ २८ गते काठमाडौंमा थप सशक्त जनप्रदर्शन गर्ने भन्दै उनले केपी ओलीले गरेको प्रतिगमन सच्चाएरै छाडिने बताइन्। 

‘संवैधानिक परिषदमा असंवैधानिक रुपमा पदाधिकारी नियुक्त गरियो। न संसदीय सुनुवाई भयो। एकलौटी र मनपरी हिसाबले नियुक्त गरियो। यो अवैधानिक हो खारेज हुर्नैपर्छ,’ उनले भनिन्। 

आफूहरुको आन्दोलन कुनै पद र कुर्सीका लागि नभएर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि भएको उनको भनाइ छ। 
‘कम्युनिष्ट आन्दोलन र अहिलेसम्मको उपलब्धि बचाउनका लागि आन्दोलनमा होमिएका हौं’, उनले भनिन्, ‘तर प्रतिगमनकारीहरुले नै पद र कुर्सीका लागि भनेर कुप्रचार गरिरहेका छन्।’

कम्युनिष्ट आन्दोलनबाट केपी ओली जस्तो निरंकुश र तानाशाही व्यक्ति जन्मिएलान भन्ने आफूहरुले नसोचेको उनको भनाइ छ। 
केपी ओलीले कहिले पनि पार्टीभित्र विचार, विधि र पद्धतिकामा छलफल नगरेर एक्लो गुटमा रमाएको उनको आरोप छ। 

‘विचार, विधि, नीति आचरण, कस्तो हुनुपर्छ भनेर बुझ्नुपर्ने तर, कहिले पनि छलफल गरेनन्,’ उनले भनिन्, ‘सधैं गुटमा रमाउन चाहने र आफ्ना एस म्यान वरिपरी बस्ने मात्रै देखियो।’

प्रकाशित: Feb 06, 2021| 10:05 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।