शुक्रबार, भदौ १९, २०८३

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

धनगढी - कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

जानकी गाउँपालिका–९, पूर्वखैरीफाँटाका तीन महिलाको आज माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

उनका अनुसार घर पोत्नका लागि माटो लिन गएका ३० वर्षीया गंगा जयगडी, २० वर्षीया भावना वड र १७ वर्षीया धनसरी विकको मृत्यु भएको हो। 

१२ वर्षीया काजल विक र १२ वर्षकै अन्जु जयगडी घाइते भएका छन्। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको विष्टले बताए।

प्रकाशित: Feb 06, 2021| 08:45 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।