शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरुको देशैभर विरोध

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरुको देशैभर विरोध

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले मुलुकभर आज विरोध प्रदर्शन गरेका छन्।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले मुलुकभर आज विरोध प्रदर्शन गरेका छन्।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन्। सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूहद्वारा काठमाडौंको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरिएको थियो।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनलगायतका संघसंस्थाको अगुवाइमा भएको हो। 

विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए। रासस

प्रकाशित: Feb 06, 2021| 08:16 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।