शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता पौडेलले भने : हामी आन्दोलनबाट होइन, अदालतबाट आउने फैसलाको पक्षमा छौं 

कांग्रेस नेता पौडेलले भने : हामी आन्दोलनबाट होइन, अदालतबाट आउने फैसलाको पक्षमा छौं 

 कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा भएको बताएका छन्।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

दमौली- कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा भएको बताएका छन्।

रिपोर्टस् क्लबले शनिबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले नै संयुक्त आन्दोलनको पाक्षमा नसोचिएको पनि बताए। 

देशलाई अस्थिरतातर्फ लैजान नहुने भन्दै पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए।  कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै  नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले  कांग्रेसलाई सो अवसर प्राप्त भएको चर्चा गरे। 

‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, पौडेलले भने। वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए। 

उनले झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो। 

नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए। पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै भने, ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ।’

कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गरे।  

प्रकाशित: Feb 06, 2021| 06:32 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।