शुक्रबार, भदौ १९, २०८३

गोठमा आगलागी हुँदा २५ बाख्रा जले

 बागलुङको निसीखोला गाउँपालिका ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन्। 
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन्। 

आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए। 

आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो। बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ।

शुक्रबार भएको आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए। घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए।  

प्रकाशित: Feb 06, 2021| 06:23 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।