शुक्रबार, भदौ १९, २०८३

कांग्रेसको आज देशैभर तेस्रो चरणको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन र त्यसयताका असंवैधानिक कदमकाविरुद्ध आज कांग्रेसले देशैभर विरोध कार्यक्रम गर्दैछ।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन र त्यसयताका असंवैधानिक कदमकाविरुद्ध आज कांग्रेसले देशैभर विरोध कार्यक्रम गर्दैछ।

पुस १३ गते पहिलो चरणको बिरोध गरेको कांग्रेसको यो तेस्रो चरणको बिरोध कार्यक्रम हो। 

पार्टीले विज्ञप्ति प्रकाशित गर्दै आज (शनिबार) देशका ७७ वटै जिल्लामा प्रदर्शन हुने जनाएको छ। आज कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले बिरोध  र्‍याली र सभा गर्न लागेका हुन्।  

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भएको र संवैधानिक निकायमा नियुक्ति र शपथ असंवैधानिक भएको भन्दै कांग्रेस बिरोधमा छन। 

यसअघि कांग्रेसले पुस १३, २५, माघ ३, ८ र माघ १९ गने बिरोधका कार्यक्रम गरेको थियो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शन गर्न अपिल गरेका छन्।  


 

प्रकाशित: Feb 06, 2021| 05:50 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।