आइतबार, चैत १, २०८२

आईपीएलको अक्सनका लागि नेपालका आठ खेलाडीको नाम सिफारिस

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ।

National life

आईपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

यीमध्ये लामिछानेले यसअघि आर्एपीएल खेलिसकेका छन्।  यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आईपीएलका लागि दर्ता गराएका हुन्।

आईपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुंगो लाग्ने छ। उक्त छनोट भारतको चेन्नइमा हुनेछ। आईपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। 

नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन्। आईपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बंगलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलंकाका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडी छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 06, 2021| 04:53 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।