शुक्रबार, भदौ १९, २०८३

चीनले पाँच लाख डोज खोप दिने 

चीन सरकारले नेपाललाई पाँच लाख डोज कोरोनाको खोप उपलब्ध गराउने भएको छ। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– चीन सरकारले नेपाललाई पाँच लाख डोज कोरोनाको खोप उपलब्ध गराउने भएको छ। 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा चीनले अनुदान स्वरुप खोप दिने जानकारी गराएको हो। 

चीनले नेपाललाई खोप दिने राष्ट्रको प्राथमिकतामा राखेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसअघि भारतले अनुदान स्वरुप दिएको १० लाख डोज खोप अहिले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूले लगाइरहेका छन्। 

त्यसैगरी बेलायत सरकारको सहयोगमा कोभ्यासले २० लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ। 

उक्त खोप एक महिनाभित्र नेपाल आइपुग्ने नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ। 

प्रकाशित: Feb 05, 2021| 16:03 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।