शुक्रबार, भदौ १९, २०८३

पत्रकारलाई न्यूनतम पारिश्रमिक दिन माग 

प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक बिनाशर्त उपलब्ध गराउन आग्रह गरेको छ। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

बुटवल– प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक बिनाशर्त उपलब्ध गराउन आग्रह गरेको छ। 

प्रगतिशील पत्रकार संघ, नेपाल केन्द्रीय समितिको बैठकले श्रमजीवि ऐनले तोकेको पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाहीको माग गरेको छ। सचिव श्यामलाल पोखरेलले दाङ भालुवाङमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै कोरोनाकालमा कामबाट निकालिएका पत्रकारहरुको पुनर्वहालीको माग गरेको छ। 

बैठकबाट नेपाल पत्रकार महासंघको निर्वाचनबाट केन्द्र, प्रदेश र सबै जिल्लाहरुमा सर्वसम्मत बनाउन पहिलो प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ। महासंघको नेतृत्व सर्वसम्मत हुन नसके संयुक्त प्यानल बनाउनु पर्ने र संयुक्त प्यानल पनि नभएको खण्डमा प्रगतिशील पत्रकार संघ, नेपालले एकल प्यानल बनाएर महासंघको निर्वाचनमा जानेसमेत विज्ञप्तिमा उल्लेख छ। 

संघका अध्यक्ष उदय जीएमको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रमा जाने र निर्वाचनका लागि आवश्यक अनुसार  वार्ताका लागि प्रगतिशील पत्रकार संघले वार्ता समिति समेत गठन गरेको छ। उदय जीएमको संयोजकत्वमा श्यामलाल पोखरेल, प्रकाश थापा, गोपाल बराइली र राम सुवेदी सदस्य रहेको वार्ता समिति गठन गरेको छ। 

साथै प्रगतिशील पत्रकार संघले देशका सबै प्रदेशमा समिति गठन गरी संयोजक र इन्चार्जसमेत तोकेको छ। 

 

प्रकाशित: Feb 05, 2021| 12:37 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।