शुक्रबार, भदौ १९, २०८३

संसद् बैठक बोलाउन परामर्श गर्दैछु : सभामुख सापकोटा

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको पालना गर्ने व्यक्तिबाटै उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको पालना गर्ने व्यक्तिबाटै उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

आज शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षा गर्न आफू सर्वोच्च अदालत गएको बताएका छन्।

सभामुख सापकोटाले संसदीय सुनुवाइबिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताएका छन्।

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषदमा फिर्ता पठाइएको उनको भनाइ छ। संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरीत नियुक्ति गरिनु संविधान विपरीत भएको उनले बताएका छन्। संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाइ छ।

सभामुख सापकोटाले संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग परामर्श गरिरहेको उनले बताएका छन्। आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रित भएर गर्ने भन्दै उनले आफू विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको दाबी गरे।

देश र नागरिकको पक्षमा ठिक छ भन्ने आफ्नो चेतनाले निर्देशित गर्‍यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताए।

उनले स्वेच्छाचारी ढङ्गले संविधानमाथि खेलबाड गर्दै संविधान विपरीतका कार्यहरू थपिँदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनेर आफ्नो तर्फबाट भगीरथ प्रयत्न जारी राख्ने बताए।

सभामुख सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्तिका विरुद्धमा आज नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका छन्।

प्रकाशित: Feb 05, 2021| 12:33 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।