आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिकोत्सवको अवसरमा नाट्टालाई आइएमई ट्राभल्सको सहयोग

वार्षिकोत्सवको अवसरमा नाट्टालाई आइएमई ट्राभल्सको सहयोग

आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को भवन निर्माणको लागि एक लाख ५१ हजार १११ रूपैयाँ सहयोग गरेको छ। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को भवन निर्माणको लागि एक लाख ५१ हजार १११ रूपैयाँ सहयोग गरेको छ। 

२५औँ वार्षिकोत्सवका अवसरमा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका हुन्। 

वार्षिकोत्सवको अवसरमा आइएमई ट्राभल्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै विभिन्न योजना पनि ल्याएको छ। 
 

प्रकाशित: Feb 05, 2021| 10:20 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्