शुक्रबार, भदौ १९, २०८३

‘दुईचार हजार मानिस लिएर ललकारेपछि सडकमा आयौं’

प्रधानमन्त्री एवम् नेकपा अध्यष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले दुई–चार हजार मानिस सडकमा ल्याएर आफूलाई ललकार्न थालेपछि सडकमा उत्रन बाध्य भएको बताएका छन्।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले दुई–चार हजार मानिस सडकमा ल्याएर आफूलाई ललकार्न थालेपछि सडकमा उत्रन बाध्य भएको बताएका छन्।

नेकपा बागमती प्रदेश कमिटीले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा सम्बोधन गर्दै उनले भने, ‘हामी सडकमा नउत्रिँदा दुई चारहजार मान्छे लिएर हामीलाई लकार्ने काम भयो। केपी ओली यहाँ आऊ, कुन मूल पार्टी भनेर ललकार्ने काम भयो। त्यसैले सडकमा आएका हौं।’

उनले आमसभाका कारण कठिनाइ भोग्नुपरेका कारण व्यवसायी, पैदलयात्री, कर्मचारीसँग क्षमा मागेका छन्। उनले काठमाडौंमा मुख्य सडकमा स्क्रिन राखेर विशाल सभा गर्ने दिन पनि आउन सक्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘यो सभा कास्टिङ हो। अर्को कास्टिङ १ गते बुटवलमा र ८ गते विराटगरमा आयोजना गरिनेछ।’ ओलीले
उनले आलोचकलाई मन थामेर बस्न आग्रह गरे।

उनले संसद् विघटन संविधान सम्मत छ कि छैन भनेर देशव्यापी रुपमा बलजफती रुपमा निकालिएको बताए।

ओलीले भने, ‘ संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भयो भने संसद् विघटन गर्न पाउँछ। हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने प्रवृत्तिको जबाफ जनताले ताजा जनादेशबाट दिनेछन्।’ 

उनले युवालाई लक्षित गर्दै भने, ‘भविष्य तपाईंहरुकै हो, कुनै नाटकबाजको पछि लागेर देशलाई गलत बाटोमा जान नदिनुहोस्।’ ओलीले राजतन्त्र फर्काउँछ भनेर केही मानिसले आलोचना गर्दै हिँडेको बताए। 

उनले भने, ‘जीवनको आधाभन्दा बढी समय सामाजिक न्याय र समानताका लागि लडियो। हामीले लडेर संघीय गणतन्त्र ल्याएको हो। यसलाई कसैले तलमाथि गर्ने सोच कसैले नराखे हुन्छ।’

प्रकाशित: Feb 05, 2021| 10:01 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।